पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला, स्थिति तनावग्रस्त

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

अनेरास्ववियू निकट विद्यार्र्थीहरुले बिहीबार काठमाडौंको अमृत साइन्स क्याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

मूल्यवृद्धिको विरोधमा नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर, सरकार बिउझेला हल्ला नगरौं, देउवा सरकारको ठूलो उपलब्धी, अत्यावश्यक सामानहरुको चरम मूल्यवृद्धि लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । कोरोना महामारीका बीच दैनिक उपभोग्य सामाग्रीहरुका साथै पेट्रोलियम पदार्थहरुको मूल्यवृद्धि भएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको अनेरास्ववियू अस्कलका अध्यक्ष रुद्रहरी पोखरेलले बताए ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।