कोरोना संक्रमणमा वृद्धि: विदेश जानेहरुका लागि प्रक्रिया अझै लम्बिन सक्ने 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना महामारी कम भए आगामी ६ महिनाभित्र तयारीमा रहेका कामदारलाई दक्षिण कोरिया पठाउन सक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा ईपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएका व्यक्तिहरुको छलफलका क्रममा ईपीएस प्रणाली पास गर्दै प्रक्रियामा रहेकाहरुलाई ६ महिनाभित्र पठाउने सरकारको तयारी रहेको बताएका हुन् । उनले कोरोना महामारी बढ्दै गए वा जहाज चल्न नसक्ने अवस्था भने केही समय ढकेलिन सक्ने पनि बताए । आफै कोरिया पुगेर श्रम समस्या समाधान गर्न तयार रहेपनि कोरोना महामारी बाधक रहेको उनले बताए ।

छलफलका क्रममा ईपीएस प्रणाली पास गरेर पनि कोरिया जान नपाएका कामदारहरुले लामो समय आफूहरु उड्न नपाउँदा समस्या भएको गुनासो गरेका थिए ।