गैरआवासीय नेपाली संघ एनआरएनएले धनगढीस्थित रेडक्रसलाई ‘मोबाइल ब्लड बैंक बस’हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष पन्तसहित पूर्व अध्यक्ष जिवा लामिछाने, सल्लाहकार कूल आचार्य, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, प्रवक्ता डिबि क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओलीलगायतको टोलीले एक कार्यक्रमका बीच संस्थालाई बस हस्तान्तरण गरेको हो । बस ६० लाख रुपैयाँ बराबरको रहेको जनाइएको छ ।
संघले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई सोमबार धनगढीमा आयोजित कार्यक्रममा बस हस्तान्तरण गरेको हो ।
आइसिसी पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा खरिद गरिएको उक्त ‘मोबाइल ब्लड बस’ आधुनिक प्रविधियुक्त छ जसमा लामो दूरीका रक्त संकलन स्थलमा गएर भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सकिने सुविधा उपलब्ध छ ।