सेयर बजार अचानक लाग्यो उकालो: एकैदिन ९ अर्ब भन्दा बढीको कारोबार

आइतबार सेयर बजारमा ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

गत सातादेखि दैनिक ६ देखि ७ अर्बको हाराहारीमा भइरहेको कारोबार आज एकाएक बढेर ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा माथि पुगेको हो । यसलाई पछिल्लो तीन महिनाकै उच्च कारोबारका रुपमा लिइएको छ । साताको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ बिन्दूमा पुगेको छ । आज नेप्से २.४१ प्रतिशतले बढेको हो ।

केही समयदेखि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल भइरहेको थियो । अहिले बजार बढेसँगै लगानीकर्तामा उत्साह देखिएको छ ।