माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्न सरकारको निर्देशन

नेपाल सरकारले यही माघ १५ गतेसम्मलाई सिनेमा हल र जिम हल बन्द गर्ने निर्देशन जारी गरेको छ ।

तीब्र रुपमा फैलिरहेको कोभिड–१९ लाई मध्यनजर गर्दै सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थानमा भीडभाड गर्न र मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।