प्रहरीले झारफुकको नाममा बालिकाको हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १ मा आफूलाई माता बताउने उमा शाही ठकुरीले झारफुक गर्ने क्रममा सिन्धुपाल्चोक चौतारा घर भएर हाल भक्तपुर ठिमी बस्ने वर्ष १४ की एक बालिकाको हत्या गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाठौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले शनिबार मनमोहन अस्पतालमा बालिकालाई उपचारका लागि ल्याइएको र मृत्यु भएपछि प्रहरी पुग्दा जिउभरि घाउ देखिएपछि अनुसन्धान गरिएको जानकारी दिए । झारफुक गर्दा घाउ भएको खुलेपछि थप अनुसन्धान गर्दा झारफुक गर्ने महिलालाई पक्राउ गरिएको उनले बताए । उनले झारफुक जस्तो अन्धविश्वासका कारण एक बालिकाको मृत्यु हुन गएको भन्दै सचेत रहन आग्रह गरे ।
बालिकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।