कोरोनाको जोखिम बढ्दो, माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय लिने भएको छ ।

सीसीएमसीको सिफारिस बमोजिम मन्त्रालयले माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय कार्यान्वयनमा लैजाने भएको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।