आधाभन्दा बढी चिकित्सक लाइसेन्स परीक्षामा असफल

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको लाइसेन्स परीक्षाको नतिजाअनुसार आधाभन्दा बढी चिकित्सक उत्तीर्ण भएका छैनन् ।

चिकित्सकको नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा यही आइतबार सार्वजनिक गरिएको छ जसमा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका हुन् ।

पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् भने १ हजार १०६ जना अनुत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार बीडीएसतर्फ १७७ जना (४०।९७ प्रतिशत) र एमबीबीएसतर्फ ८७१ जना (५०।५८ प्रतिशत) उत्तीर्ण भएका छन्।

एमबीबीएसतर्फ १७३४ जनाले आवेदन दिएका थिए भने १२ जना अनुपस्थित थिए र बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित भएको काउन्सिलले जनाएको छ ।