भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीलाई परेको समस्या ब्याजदर बढाएर समाधान नहुने बताएकी छन् ।
नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले ब्याजदर बढाउने विषय सहकारीको नीति विपरित रहेको भन्दै ब्याजदर बढाएर समाधान नहुने बताएकी हुन् । मन्त्री श्रेष्ठले सहकारीबाट जनता ठगिने देखिएकोले त्यसलाई रोकिने स्पष्ट पारिन् । उनले सहकारीको परिचालनसम्बन्धी भिजन पेपर बनाउन लगाएको भन्दै हचुवाको भरमा सहकारी नीति नबनाइने स्पष्ट पारिन् । केही सहकारीको बेईमानीका कारण यस क्षेत्रप्रति जनताको विश्वास घट्दै गएकाले नियतमा खराबी भए कारवाही र नीतिगत समस्या भए समाधान गर्न आफू तयार रहेको उनले बताइन् ।
मन्त्री श्रेष्ठले संस्थाको फाइदा भन्दा पनि जनताको आवश्यकताका आधारमा परिचालित हुनुपर्ने धारणा राखिन् ।