बंगलादेश बंगबंधु म्याराथन: सहभागी हुने ३ नेपाली खेलाडीको बिदाइ

बंगलादेशमा आयोजना हुने बंगबंधु शेख मुजीव बन्धु म्याराथन प्रतियोगितामा सहभागीता जनाउने नेपालका तीन खेलाडीलाई बिदाइ गरिएको छ ।

बिहीबार सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका हुन् । ४२ किलोमिटर दूरीको फूल म्याराथनमा नेपालका किरण बोगटी, नरेन्द्र सिंह रावत र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । खेलाडीहरुलाई बिदाइ गर्दै मन्त्री गहतराजले जितका साथ नेपालको गौरब बढाउन आग्रह गरे । पछिल्लो समय खेलाडीहरुको सम्मानका लागि सरकार गम्भीर भएको बताउँदै मन्त्री गहतराजले पुरस्कार तथा सम्मान कार्यविधि बनाउने जानकारी दिएका छन् । उनले मन्त्रालयको ध्यान खेलकुदको पूर्वाधार निर्माणमा रहेको पनि बतए ।

जनवरी १० मा बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागीता हुने नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए ।