फेरि सारियो प्रतिनिधि सभाको बैठक

बिहीबार बोलाइएको संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संसद सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

सचिवालयका अनुसार अब बैठक पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ । यसअघि पुस १८ मा बैठक तोकिएको थियो । तर त्यसअघि नै सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो । राष्ट्रियसभाको बैठक भने पुष २५ गते आइतबार बोलाइएको छ ।