आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटका लागि आजदेखि नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपालको प्रशिक्षण सुरु गरेका हुन् । पहिलो दिन मैदानमा १४ खेलाडी मात्र उपस्थित भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएका हुन् ।
२० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन्, कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् भने बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न बाँकी रहेको क्यानले जनाएको छ ।
यही मंसिर २९ मा क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोपमा निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त र दुई खेलाडीसहित कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिना २०२२ को सेन्ट्रल कन्ट्रयाक ९केन्द्रीय सम्झौता० मा नराख्ने निर्णय लिएको थियो । योसँगै संघ र खेलाडीहरुबीच टसल सुरु भएको थियो । त्यसपछि क्यानले नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई नियुक्त गर्नुले विवादलाई झन् चर्काएको छ । जसअन्तर्गत अन्य खेलाडीले आफ्नो माग सम्बोधन नभए क्रिकेट प्रशिक्षणमा नफर्कने बताएका थिए ।