सहिद स्मारक ‘ए’ डिभिजन लिग: सातदोबाटामाथि हिमालयन शेर्पाको जीत

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा विजयी भएको छ ।

सोमबार भएको खेलमा शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो । शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा विश्वासले पेनाल्टीमा गोल गरेका हुन् । सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेब गुरुङलाई फउल गरेपछि शेर्पाले पेनाल्टीको अवसर पाएको थियो । जसमा विश्वासले सहजै गोल गरे ।

त्यस्तै खेलको इन्जुरी समयमा सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । तर, सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन् । यस जितसँगै शेर्पाले ७ खेलमा ११ अंक जोडेको छ ।
सातदोबाटोले ७ खेलमा ८ अंक जोडेको छ ।