टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीका समर्थक दल दर्ता गर्न निर्वाचन आयोग पुगेपछि…

रेशम चौधरीका समर्थकहरु नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

पार्टीका नेता, कार्यकर्ता र चौधरीकी श्रीमतीसमेत चौधरीको तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोगको कार्यालय पुगेका हुन् । उनीहरु काठमाडौंको भृकुटीमण्डपबाट बाजागाजा र झाँकीसहित आयोगको कार्यालय कान्तिपथ पुगेका छन् ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपणको क्रममा गराएको सनाखतमा चौधरी तटस्थ बसेका थिए । टीकापुर हत्याकाण्डका प्रमुख आरोपी रेशम चौधरी भने जेलमा छन् ।