नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।
आज दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेकोमा सहमति जुट्न नसकेपछि कार्यक्रम संशोधन गरिएको हो। माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेका छन् ।
त्यस्तै मतदानका लागि भने सोमबार बिहान ८ देखि १ २५ सम्मको समय तोकिएको छ ।