प्रतिनिधिसभाको आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
आइतबार दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणवश प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख गरिएको छ ।
सूचनामा लेखिएअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) बमोजिम प्रतिनिधिसभाको अर्को बैठक पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेपछि बैठक स्थगित भएको बताइएको छ । सो पार्टीको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।