प्रदीप पौडेलसहित को ३ जना भए कांग्रेस केन्द्रीय सदस्य पदमा मनोनित ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप ३ जनालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।

केन्द्रिय कार्यसमितिको सदस्य मनोनित हुनेमा कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाही छन् ।

सदस्यमा मनोनित शाही खसआर्य कोटामा कर्णाली प्रदेश सचिवमा पराजित भएका हुन् भने पौडेल केन्द्रीय महामन्त्री र गुरुङ केन्द्रीय सभापतिमा पराजित भएका हुन् ।

सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । कांग्रसकोे विधान अनुसार ३३ जना केन्द्रिय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ ।