नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका छन् ।
शुक्रबार महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले संगठनको रुपान्तरण र विचारलाई विकसित गर्नका लागि चुनावपछि विशेष महाधिवेशन गर्ने बताएका हुन् । महाधिवेशनबाट वैचारिक विकासको ठूलो सुरुवात भएको र अब विकासित गरिने उनको भनाइ छ । उनले महाधिवेशन सभ्य र भव्य रुपमा अघि बढेको र आफ्नो प्रतिवेदन जोडदार ढंगले पारित भएको जानकारी दिए । प्रचण्डले आफू डेरा सर्ने जानकारी समेत गराए ।
यसअघि बन्सत्रमा उनले आफ्नो दस्तावेजमा पूर्वीय दर्शन र बुद्धका कतिपय प्रगतिशील विषय पनि समेट्ने बताएका थिए ।