सर्वोच्चका पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश लगायत नेपाल बारका पूर्वअध्यक्षहरुको सम्पत्ति छानबिन गर्न उजुरी

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश साथै नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष लगायतको सम्पत्ति छानबिन गर्न उजुरी परेको छ ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीश, न्‍यायाधीश, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको हो ।

स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरिएको हो ।

यसअघि डा गोविन्द केसीले प्रधानन्‍यायाधीश चोलेन्द्रशम्शेर जबरा र उनका नातेदारहरुको सम्पत्ति छानबिन गर्न माग गर्दे सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका थिए ।