नेकपा माओवादीको आठौं महाधिवेशनस्थलबाट सामान चोरी भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको हो ।
महाधिवेशनस्थलबाटै ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । जस अन्तर्गत फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ भने साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिइ रहिएको छ । बन्द रहेको सीसीटिभी पनि शुक्रबारबाट चालू गरिएको छ ।