यही पुस ११ देखि जारी माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत बिहीबार ११ बजेदेखि बन्दसत्र पुनः सुरु भएको छ । बन्दसत्रमा टोली नेताहरुले आफ्नो ब्रिफिङ प्रस्तुत गर्दैछन् ।
आज(बिहीबार) बाँकी १३ समूहका टोली नेताले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।
हिजो(बुधबार) ११ नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।