माओवादी महाधिवेशन: आज के-के भयो बन्दसत्रमा ?

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहले निष्कर्ष सुनाएका छन् ।

बुधबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा २५ समूहमध्ये ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाएपछि बिहीबारसम्मका लागि छलफल स्थगित गरिएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । उनका अनुसार बुधबार प्रदेश १ को दुई समूह, प्रदेश २ को एक समूह, बागमती प्रदेशको दुईमध्ये एक समूह , गण्डकी प्रदेशको एक समूह, कर्णाली प्रदेशको एक समूह, सूदुरपरिश्चम प्रदेशको एक समूह र विभाग, प्रवास, सल्लाहकार र आयोगको समूह निष्कर्ष पेश भएको छ । प्रस्तुत सुझावमा फरक मत नआएको र विभिन्न विषयमा सुझाव पेश भएको प्रवक्ता महराले जानकारी दिए । बिहीबार बिहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउने र अध्यक्षले जवाफ दिने उनले बताए ।

उनले शुक्रबारबाट नेतृत्व चयनको प्रक्रिया सुरु हुने जानकारी दिए । पदाधिकारी सहित केन्द्रीय समिति चयनका लागि महाधिवेशन केही दिन लम्बिने बताए ।