माओवादी केन्द्रीय सदस्यका सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनु पर्ने माग

नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनु पर्ने माग राखेका छन् ।

बुधबार पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशबाट सो माग राखिएको हो ।

राजनीतिक प्रतिवेदनको प्रस्तावनामा माओ जयन्ती र प्रथम सहिदलगायतकाको नाम उल्लेख गरी श्रद्धाञ्जली दिनुपर्ने, मार्क्सवादको परिमार्जन भन्नुको सट्टा मार्क्सवादको श्रृजनात्मक प्रयोग र विकास भन्नुपर्ने तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको अर्थतन्त्रबारे स्पष्ट उल्लेख गर्नुपर्ने सुझावसमेत प्रस्तुत गरिएको छ ।