मौसम अपडेट: देशको अधिकांश भूभागमा वर्षा तथा पहाडी एवम् हिमाली भूभागमा हिमपात

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भएको छ ।

बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको हो । बिहीबारदेखि क्रमिकरुपमा मौसम कमजोर बन्दै जाने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । वर्षाका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव सात डिग्री रहेको थियो ।