पूर्व युवराज्ञी हिमानी शाहले ललितपुरको बज्रबाराहीमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी छन् ।
मंगलबार नेवा एकता समाजले बज्रबाराही मन्दिरपरिसरमा आयोजना गरेको कार्यक्रममा शाहले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकी हुन् । सो क्रममा उनले बज्रबाराही शक्तिपीठमा विशेष पूजा गरेकी थिइन् । पुजारी बासुदेव कर्माचार्यले शाहलाई टिका लगाइदिएका थिए भने ललितपुरका स्थानीयबासीले उनको भव्य स्वागत गरेका थिए ।