सांस्कृतिक क्रान्ति गर्ने प्रचण्डको उद्घोष

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्प कमल दाहाल प्रचण्डले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु हुने बताएका छन् ।

मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले सांस्कृतिक क्रान्ति लगायत सबै कुरा आफूबाटै सुरु हुने बताएका हुन् । उनले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि बताए ।

त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको बताए । उनले अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने र त्यसका लागि सबै तयार हुनुपर्ने धारणा राखे ।

यादवले केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने जानकारी दिए ।