पार्टीलाई समावेशी बनाउन माओवादीको यस्तो निर्णय

नेकपा माओवादी केन्द्रले पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरेको छ ।

मंगलबार प्रज्ञा भवनमा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको हो ।

केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी त्यस समितिलाई दिएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए । युवा, महिला, मुस्लिम, जनजाति र संविधानमा व्यवस्था गरे अनुसारको समावेशीको क्लस्टर बनाउने उनले जानकारी दिए ।

बुधबार १ बजे दखि समूह नेताले समूहको निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको छ । पर्सीसम्म निष्कर्ष पेश गर्ने समय निर्धारण गरेको पौडेलले बताए ।

त्यस्तै महाधिवेशन दुई दिन लम्बिने र १६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने उनको भनाइ छ ।