साउथ एसियन महिला भलिबल च्याम्पियनसीप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए)को सोमबार ढाकामा बसेको जेनरल एसेम्ब्लीले अर्को वर्ष दक्षिण एसियाली स्तरको महिला भलिबल प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघले जनाएको हो ।
यसअघि सन् २०१४ मा नेपाल भलिबल संघको आयोजनामा प्रथम दक्षिण एसियाली महिला आमन्त्रण भलिबल च्याम्पियनसिप नेपालमा भएको थियो । दक्षिण एसियाका राष्ट्रहरुले पालैपालो प्रतियोगिता गर्ने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन ।
अब भने सीएभीएले नै साउथ एसियन भलिबल आयोजना गर्ने भएको छ जसमा महिला अन्तर्गत प्रतियोगिता नेपालमा हुनेछ भने पुरुषतर्फको प्रतियोगिता श्रीलंकामा आयोजना हुनेछ । यस्तै साउथ एसियनबीच भलिबल बंगलादेशमा हुनेछ भने एसियन सेन्ट्रल जोन महिला र पुरुष र भलिबल प्रतियोगिता अर्को वर्ष माल्दिभ्समा हुनेछ ।
२०१४ मा भएको खेलमा भने नेपाल फाइनलमा भारतसँग पराजित हुँदै दोस्रो भएको थियो ।