अस्ट्रेलियामा कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ ।
न्यू साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय वृद्धको मृत्यु भएको हो । केयर फेसिलिटीमा संक्रमित भएका उनलाई कोभिड लगायत अन्य समस्याका कारण सिड्नीको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ ।
अस्ट्रेलियामा कोभिडका कारण दुई वर्षसम्म बन्द गरिएका सीमाना दुई साताअघि खुला गरिएको थियो । पछिल्लो समय ओमिक्रोन संक्रमित बढेसँगै सीमाना पुनः कडाई पार्ने बारेमा आवाज उठिरहेको छ ।