महाधिवेशन बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्र सञ्चालनका निमित्त सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् ।

आज मध्याह्नदेखि बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा प्रचण्डले प्रतिवेदन वाचन गरेका छन् भने यसपछि विभिन्न २८ समूहमा प्रतिनिधिले छलफल गर्नेछन् ।