नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशन अन्तर्गत आजबाट सुरु बन्दसत्रमा प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
उक्त प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई नबाँडिएको भएपनि प्रतिवेदनमाथि बन्दसत्रमा समूहगत छलफल हुने जनाइएको छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २८ समूहमा विभाजन गरिएको छ ।
पुस १५ सम्म चल्ने महाधिवेशनबाट १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।