सरकारले मुलुकमा आसन्न राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन सुरक्षाको तयारी सुरु गरेको छ ।
गृहमन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनको सुरक्षाका विषयमा छलफल भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा सुरक्षाका बहुआयामिक आयाम सबैको व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोईरालाले जानकारी दिए ।
बैठकमा मुलुकका सबै सुरक्षा निकायका प्रतिनिधि तथा मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।