आजको कोरोना अपडेट: २ सय १९ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

नेपालमा आइतबार २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार १ सय ८० पिसिआर परिक्षणमा २ सय १३ जना र २ हजार ४ सय ९७ एन्टीजेन परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ४ सय २ पुगेको छ । त्यस्तै आज कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

आज थप २ सय ८३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १० हजार ७ सय ८० संक्रमित निको भएका छन् । ४ हजार ९ सय ६ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा ११ हजार ५ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।