नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशन आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उदघाटन गरेका हुन् ।
उद्घाटन सत्रमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल लगायत विभिन्न दलका नेताहरु सहभागी भएका छन् ।
देशभरिका कार्यकर्तामा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको थियो । महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा हालसम्म ‘प्रचण्ड’को विकल्प देखिएको छैन । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ भने महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गर्ने जनाएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने जनाएको छ । महाधिवेशनमा देशभरिबाट १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी रहेको माओवादीले जनाएको छ ।