नेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशन केहिबेरमा सुरु हुँदैछ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ ।
देशव्यापीरूपमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको माओवादीले जनाएको छ । महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय रहेकोमा महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिने भएको छ । त्यस्तै, अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म कोही विकल्प देखिएको छैन ।
माओवादीको अन्तरिम विधान २०७८ को धारा १६(४) र धारा ३८(१–८) अनुसार महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम ५ प्रतिशत रहने गरी व्यवस्था गरिएको छ । यसपटक माओवादीले पुनः बहुपदीय प्रणालीको अवलम्बन गर्ने भएको छ ।