नेकपा (माओवादि केन्द्र)ले १५ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रिय समिति बनाउने निर्णय गरेको छ ।
पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोशाध्यक्ष रहने विधान आज बसेको केन्द्रिय समितिको बैठकले पारित गरेको हो ।
महाधिवेशन आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । मनोनित सहित प्रतिनिधि १६०० को हाराहारीमा रहेका छन् ।
स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेर यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको हो ।