एसएसपी सुशील यादवको आफ्नै निवासमा शंकास्पद मृत्यु

नेपाल प्रहरीका एसएसपी सुशील यादवको शंकास्पद तरिकाले मृत्यु भएको छ ।

प्रहरी क्वाटरमै झुण्डिएको अवस्थामा उनको शव बरामद गरिएको हो । उनी संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत थिए ।

उनको मृत्युको कारण खुलिसकेको छैन । अनुसन्धान जारी रहेकाले विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी स्रोतले बताएको छ ।