नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
आज(शुक्रबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्ने प्रतिवेदन पेश गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।
महराका अनुसार उक्त प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले दिएको सुझाव समेटेपश्चात् मात्रै पूर्णता दिइनेछ ।
बैठकमा केही पार्टीहरु माओवादीमा समाहित हुने विषयमा पनि छलफल भएको थियो ।
माओवादीले यही पुस ११ र १२ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।