इटालीमा पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढेको पाइएको छ ।
हरेक दिन संक्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गर्दै त्यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने नियम बनाएका छन् ।
इटालीको मन्त्री परिषदले क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ । त्यसैगरी नागरिकहरु सार्वजनिक रुपमा भेला हुने कार्यमा पनि कडाई गरिएको छ । त्यस्तै, रात्रि क्लबहरु र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ ।
इटालीमा प्रत्येक दिन ओमिक्रोनका संक्रमितहरु देखिने गरेका छन् भने डेल्टा भेरियन्टको प्रकोप पनि बढ्दो देखिएको बताइएको छ ।