रोटरी क्लब अफ न्यूयोर्क क्विन्सको वार्षिक उत्सव सम्पन्न,अभियान्ताहरू सम्मानित

रोटरी क्लब अफ न्यूयोर्क क्विन्सको वार्षिक उत्सव कार्यक्रम यही बुधबार उडसाइडमा सम्पन्न भएको छ ।

नेपाली तथा अन्य दक्षिण एसियाली समुदायका अगुवाहरूको भव्य उपस्थितिमा सम्पन्न कार्यक्रममा कोरोनाको समयमा उच्च योगदान दिएका समुदायिक अभियान्ताहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
“कोरोना कहरबाट नेपाली समुदायलाइ बचाउन हामीले हरतरहले प्रयास गर्यौं, त्यस अभियानमा सघाउने तपाइहरूको भूमिका अतुलनीय छ, रोटरी क्ल्काब अध्यक्ष खाम भट्टले भने । क्लबले दर्जनौ स्वयंसेवक परिचालन गरी न्यूयोर्कमा कोरोनाको महामारी फैलिदा माक्स, सेनिटाइजर वितरण गर्नुका साथै निशुल्क खाना समेत वितरण गरेको थियो । त्यस्तै क्लबले टिभी सन्डेका प्रेसिडेन्ट एवम् सिइयो किरण मरहठ्ठा, लेखक राजन थपलिया र सामाजिक अभियान्ता विष्णुमाया परियारलाई सम्मानित सदस्यको रूपमा मनोनयन गरेको छ ।

समाजसेवी भोजराज पौडेल सम्मानित

क्लबले न्यूयोर्क क्विन्सले समाजसेवी तथा व्यवसायी भोजराज पौडेललाई सम्मान गरेको छ । गलेश्वर आश्रम देवघाटधाममार्फत् लामो समय सामाजिक अभियानमा सक्रिय रहेको भन्दै पौडेललाई सम्मान गरिएको हो । करिब ३१ सय आजीवन सदस्य रहेका आश्रममा दैनिक कम्तीमा ३०० जनालाई निशुल्क खाना ख्वाइन्छ भने संस्कृत महाविद्यालयमा १ हजार विद्यार्थी अध्ययन गर्दछन् । पौडेल आश्रमका सचिव र देवघाटधाम विकास समितिका पूर्वसदस्य समेत हुन् ।