पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्तीको अवसरमा कांग्रेस र शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । किशुनजीका नामले परिचित सन्त नेता भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको सम्मानस्वरुप उपत्यकाभित्र तथा बाहिर विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।
नेता भट्टराईले आफ्नो राजनीतिक मूल्यमान्यताप्रतिको निष्ठा र प्रतिबद्धताकै कारण पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल समेत बस्नुपरेको थियो ।
माओवादीसँग १२ बुँदे समझदारी गरेर कांग्रेसले राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रमा गएको भन्दै रुष्ट बनेका पूर्व प्रधानमन्त्री भट्टराईले जीवनको उत्तराद्र्धमा कांग्रेस परित्यागको घोषणा गरेका थिए । सन् १९२४ पुष ८ गते भारतको बनारसमा जन्मिएका भट्टराईको वि सं २०६७ साल फागुन २० गते निधन भएको थियो ।
जन्मजयन्तीमा भट्टराई निवास ललितपुरको बाँडेगाउँमा सरकारद्वारा निर्मित आश्रम भने सुनसान रह्यो । कोरोना महामारीपछि बाँडेगाउँमा कुनै कार्यक्रमको आयोजना गरिएको छैन । यस वर्ष पनि ललितपुरको सातदोबाटोदेखि बाँडेगाउसम्मको सडकको अवस्था जीर्ण भएको र कोरोनाको जोखिम पनि उच्च रहेकाले कुनै कार्यक्रम आयोजना नगरिएको बताइएको छ ।