गृह मन्त्रालयले मातहत निकायका विविध क्षेत्रको सुधारका लागि छलफल सुरु गरेको छ ।
अध्यागमन विभाग, कारागार व्यवस्थापन, अपराध नियन्त्रण, शान्तिसुरक्षा, सीमा व्यवस्थापन, नागरिकता, राष्ट्रिय परिचयपत्र, शरणार्थी समस्या, विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रणका विषयमा मन्त्रालयले सरोकारवालासँग सुझाव लिएको हो ।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले कमीकमजोरी पहिल्याउँदै समाधानका प्रयासका लागि छलफल गरिएको जानकारी दिँदै सुधारको क्षेत्र पहिचान गर्दै योजना बनाएर कार्यान्वयनमा लगिने धारणा राखे ।
छलफलका क्रममा सरोकारवालाहरुले आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिमार्फत् विषयगत क्षेत्रको सुधारको खाँचो रहेको बताएका थिए । यसअघि पनि मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ लागू गरेको थियो ।