माधव नेपालले ओलीलाई भने- ‘गफाडी नम्बर वान’, प्रचण्ड र बाबुरामको कुरा यस्तो

sf7df8f}F @(a}zfv M ;+3Lo ;+;b, cGt/f{li6«o ;DaGw ;ldltsf] ;f]daf/ l;+xb/af/df a;]sf] a}7sdf dQmJo JoQm ub}{ g]skf jl/i7 g]tf dfwjs'df/ g]kfn . a}7sdf ef/t4f/f lnk'n]s If]qdf lgld{t ;8s ;DaGwdf 5nkmn ePsf] lyof] . tl:j/ M /f]zg ;fksf]6f÷/f;;

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गठबन्धन टुटाउनका लागि केपी ओलीले कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव राखेको बताएका छन् ।

पुष ५ का सन्दर्भमा समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिलेको गठबन्धन तोड्न एमालेले कांग्रेसलार्ई एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न दिने प्रस्ताव राखेको बताएका हुन् ।

प्रधानमन्त्रीले गठबन्धन तोड्न कुनै सम्झौता नगर्ने बताएको उनले जिकिर गरे । यसअघि संसद विघटन गरको केपी ओलीले अहिले पनि संसद अवरोध गरेर प्रतिगमनकै बाटोमा रहेको पुष्टि गरेको उनको भनाई छ । प्रचण्डले सदनमा एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको भन्दै एमालेको अवरोधका कारण विभिन्न विधेयकहरु नै अघि बढ्न नसकेको धारणा राखे । उनले माधव नेपाल गएको ठाउँमा केपी ओली नजानुलाई अलोकतान्त्रिक संस्कार भन्दै आलोचन समेत गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार लामो समयसम्म चल्ने दाबी गरे । आगामी निर्वाचनमा एकल बहुमत ल्याउँछु भन्दै केपी ओलीले फूर्ति लगाएको भन्दै नेपालले ओली गफाडी नम्बर वान हुन भनेर गिनिज बुकमा नाम लेखिदिए हुने बताए । उनले मुलुकलाई पछाडि ढकेल्ने सपना नदेख्न सुझाव समेत दिए ।

त्यस्तै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले गठबन्धनको निरन्तरतामा जोड दिए । उनले एमसिसीलगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । कोही पनि निजी स्वार्थमा लम्पसार भएमा अमेरिकादेखि छिमेकी दक्षिणपन्थी शक्तिसमेत हाबी हुने खतरा रहेको उनले औँल्याए ।

कार्यक्रममा कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशलाई समृद्धिको दिशामा लैजानेतर्फ सबैले अग्रसर हुनु आवश्यक रहेको बताए । पाँच दलीय गठबन्धनले ओलीको प्रतिगमनलाई परास्त गरेको भन्दै उनले आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउनुपर्ने दायित्वतर्फ उन्मुख हुनुपर्ने धारणा राखे ।

नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दिन, पुस ५ लाई कालो दिनका रुपमा मनाएको हो ।