ईसाइ धर्मावलम्बीहरुको महान चाड क्रिसमस नजिकिँदै गरेको अवसरमा आज ‘अचम्मको कथा’ नामक लोक दोहोरी म्यूजिक भिडियोको विमोचन भएको छ ।
जुम मिटिङको माध्यमबाट सञ्चालित एक विशेष समारोहमा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
पास्टर मनोज श्रेष्ठले प्रार्थना गर्दै सुरु भएको समारोहमा हेमा पनेरुले स्वागत मन्तव्य राखेकी थिइन् । म्यूजिक भिडियोको डेडिकेसन भने विशेष प्रार्थनाका साथ यसम्ब्ली अफ गड बिर्ज चर्चकि पास्टर जिन्जर होमले गरेकी थिइन् । उक्त अवसरमा सामाजिक अभियान्ता ज्ञान पन्त, वरिष्ठ संगीतकार पूर्ण नेपाली, समाजसेवी फिलोमिना बज्राचार्य, पास्टर सोनाम तामाङ, पास्टर गंगा तामाङ, समाजसेवी सिताराम भट्ट, व्यवसायी गंगालाल श्रेष्ठ आदिको उपस्थिति थियो भने प्राय सबैले शुभकामना मन्तव्य राख्ने अवसर प्राप्त गरेका थिए । कार्यक्रमको अन्त्य भने पास्टर प्रदीप बज्रचार्यको अन्तिम प्रार्थनासहित भएको थियो। क्रिसमसको उपलक्षमा तयार गरिएको सो म्यूजिक भिडियोमा मणी नेपाली पनेरुको शब्द रचना, वरिष्ठ संगीतकार पूर्ण नेपालीको संगीत, प्रदिप हमालको निर्देशन तथा चन्दा देवान, धर्मेन्द्र सेवाङ र अन्यको स्वर रहेको छ।