न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको आठौं महाधिवेशनबाट अध्यक्ष पदमा राजकुमार विष्ट विजयी भएका छन् ।
आइतवार न्यूयोर्कको वुडसाईडस्थित सत्य नारायण मन्दिरमा सम्पन्न महाधिवेशनमा शक्तिशाली मानिएका प्रतिद्वन्दी लोक बहादुर लिम्बु (लोक चेम्जोंग)लाई पराजित गर्दै महासंघको नयाँ अध्यक्षका रुपमा विष्ट विजयी भएका हुन् ।
महासंघका सम्पूर्ण सदस्य संस्थाहरुले ५ –५ जना चुनाव प्रतिनिधि बनाई जम्मा ७६ जना प्रतिनिधिसहित निर्वाचनमा सहभागी भएका थिए । चुनावमा जम्मा ७५ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
४० मत प्राप्त गर्दै नवनियुक्त विष्टले चेम्जोंगलाई ५ मतको अन्तरले पराजित गरेका थिए ।