सहिद स्मारक ‘ए’ डिभिजन लिग: नेपाल पुलिसको पहिलो हार, संकटाले मार्‍यो बाजी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । निरज बस्नेतले खेलको १८ औं मिनेटमा गरेको निर्णायक गोलले संकटालाई जित दिलाएको छ । म्यान अफ दि म्याच चुनिएका निरजको लिगमा यो तेस्रो गोल हो ।

यस जितसँगै संकटाले ४ खेलमा ८ अंक जोडेको छ भने सोको यस लिगमा दोस्रो जित हो । ४ खेलमा ५ अंक जोडेको पुलिसले भने योसँगै लिगमा पहिलो हार व्यहोरेको छ ।