नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर धितो कर्जा सम्बन्धि व्यवस्था परिवर्तन गरेको छैन ।
केन्द्रिय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा एक व्यक्तिले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग प्रणलीबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने व्यवस्थालाई यथावत राखेको हो ।
उक्त व्यवस्था संशोधन हुने धेरैको आँकलन रहेतापनि केन्द्रिय बैंकले शेयर धितो कर्जा सम्बन्धि व्यवस्थामा कुनै संशोधन गरेको छैन। सो व्यवस्थाको संशोधनका निमित्त राष्ट्र बैंकलाई दबाब समेत दिइएको थियो।