गैरआवासीय नेपाली संघको कोषाध्यक्षमा पदमा चर्चा, जापानबाट श्रेष्ठले दिए उम्मेद्वारी

असौज १
गैरआवासीय नेपाली संघको कोषाध्यक्षमा पदका बारेमा अहिले बढि चर्चा हुने गरेको छ । यसै पदमा जापानबाट उम्मेद्वारी दिएका छन्, एनआरएन अभियानका अगुवा, अनुभवी अरुणकुमार श्रेष्ठले ।

संघको विभिन्न पदमा रहेर काम गरी सकेको अनुभव संगालेका श्रेष्ठले ‘चुस्त, पारदर्शी र मितब्ययी एनआरएनए आजको आवाज’ भन्ने मुल नारा अगाडि सार्दै एनआरएनए आईसीसी कोषाध्यक्षमा जापानबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

प्रविधियुक्त, आर्थिक पारदर्शीता, उद्यमशिलता, र नेपाली एकताको संगठन बनाउने एजेण्डासहित श्रेष्ठले एनआरएन अभियानमा आफुले आर्जन गरेको अनुभव र विज्ञतालाईलाई सदुपयोग गर्ने बताएका छन् ।
जापानमा व्यावसाय गर्दै आएका श्रेष्ठ एनआरएन अभियानमा संस्थापनकालदेखि नै संलग्न भई दुई कार्यकाल एनआरएनए आईसीसी सदस्य भइसकेका छन् ।
चितवन स्थायी घर भएका श्रेष्ठ जापानमा नेपाली ब्राण्डको सामग्रीहरु, नेपाली ब्राण्डको पेय पदार्थ लगाएतको व्यवसाय गरि जापानमा स्थापित नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।

नेपाल तथा जापानमा सामाजिक क्षेत्रमा समेत संलग्न श्रेष्ठले संघलाई चलायमान र आर्थिक पारदर्शीको लागि कोषाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको बताएका छन् । एनआरएन अभियानमा पुरानो र अनुभवी मानिने श्रेष्ठ एनआरएनएलाई साझा संस्थाका रुपमा स्थापित गराउनुपर्नेमा जोड दिन्छन् ।