असौज १
गैरआवासीय नेपाली संघको आसन्न १० औं महाधिवेशनमा एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका राज रेग्मीले संघमा युवाको भूमिका बढाउन काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै रेग्मीले युवाहरुको सोच र भूमिकालाई अर्थपूर्ण बनाउँदै नेपाली युवाहरुको उपस्थिती विश्वभर सार्थक बनाउन पहल गर्ने बताएका छन् ।
हाल मध्यपूर्वको युवा संयोजक रहेका रेग्मीले अहिले आफुले हासिल गरेको अनुभव र गरेको अभ्यासलाई अझै संस्थागत गर्दै युवाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायक बीच स्थापित गराउन पहल गर्ने बताएका छन् ।
संघमा रहेर उनले खेलेको भूमिकाका कारण धेरैले रुचाएका रेग्मीको उपाध्यषमा उम्मेद्वारी दिने घोषणाले पनि युवाहरुलाई उत्साहित बनाएको चर्चा हुन थालेको छ । एनआरएनए कतार तथा विभिन्न संघसंस्थामा रहेर र अहिले मध्यपूर्व युवा संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेका रेग्मीले एनआरएनए अभियानमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
कतार कर्मथलो बनाएका रेग्मी कतारमा एक सफल व्यवसायीका रुपमा चिनिन्छन भने समाजसेवीका रुपमा समेत परिचित छन् ।
रेग्मीको पहलमा मध्यपूर्वमा रहेका युवाहरुलाई सहयोग गर्ने उदेश्यले स्थापाना गर्न लागिएको कोषमा समेत रेग्मीको ठूलो सहयोग रहेको छ । उनले भनेकाछन् अहिलेसम्म सबैको माया, साथ, सुभेक्षा र समर्थनले सफलता हासिल गरेको छु, भोलिका दिनमा आईसीसी युवा उपाध्यक्षमा रहेर पनि काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गर्दछु ।’
रेग्मीको प्रमुख एजेण्डा
- नेपाली युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउन पहल गर्दै एनआरएनए मार्फत रोजगार सृजना गर्ने र उपलब्धीमुलक क्षेत्रमा युवाहरुको सामूहिक लगानी बढाउने ।
- सुखी नेपाली, सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी नेपाल ल्याउने ।
- सीप र पूँजीको सदुपयोग विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने ।
- नेपाली कला सँस्कृतिको जगेर्ना स् विदेशमा नेपाली कलासंस्कृति तथा भाषाको महत्व बढाउन तथा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालको कला संस्कृति तथा भाषा प्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरु ल्याउने ।