असौज ३, काठमाण्डौ
संविधान दिवसका अवसरमा हरेक वर्ष राज्यको तर्फबाट प्रदान गरिने विभिन्न विभूषण लगाएतका पदकको वरिपरी संविधान दिवस ओझेलमा परेजस्तो भएको छ । २०७२ साल असौज ३ गते संविधान जारी भएको दिन संविधानका विषयमा हुनुपर्ने वहस पदकमा केन्द्रीत भएको छ । विभिन्न दलका शिर्ष नेताहरुले नै संविधान दिवसको भन्दा पदकको बारेमा विचार व्यक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपालका दिवंगत पिता र माआोवादीका अध्यक्ष पुष्प कमल दाहालकी श्रीमतिलाई पदका दिएको प्रति टिप्पणी गरेका छन् ।
यस्तै कतिपयले पदको महत्व कमहुँदै गएको प्रतिक्रिया दिएका छन् । यसैगरी केही पत्रकारहरुले पनि पदक नलिने घोषणा गरेका छन् । राष्ट्रपति कार्यालयले विज्ञाप्तिजारी गर्दै ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्न मन्त्री परिषदले गरेको सिफारिस स्वीकृत गरेको हो ।
नेपालको संविधानको धारा २ सय ७७ को उपधारा ९ सय १० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभूषण प्रदान गर्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
सरकारले हरेक वर्ष रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्र दीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्र दीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्र दीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १ सय ६१ जनालाई, कीर्तिमय राष्ट्र दीप चतुर्थ श्रेणी आठ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३ सय १९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १ सय ९० जनालाई प्रदान गर्दै आएको छ ।
यसै गरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अति पौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीन जनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गर्ने विज्ञाीपतमा उल्लेख छ । राष्ट्रपति कार्यालयद्धरा जारी विज्ञाप्तिमा राष्ट्रसेवा पदक प्रथम श्रेणी तीन जनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एक जनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदानगर्ने उल्लेख छ ।